कोरोना भाइरसका कारण बेलायतमा १६ नेपालीको मृत्यु



कोरोना भाइरसका कारण शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
लण्डन । कोरोना भाइरसका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार, मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक छन् ।
त्यसैगरी, दूतावासको जानकारीमा अहिलेसम्म बेलायतभरमा करिब १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएका छन् ।
अहिले अस्पतालमै भर्ना भएर उपचार गराइरहेका ७ जना तथा संक्रमणको आशंकामा घरमै आइसोलेसनमा बसेकाहरु झण्डै ४० जना रहेको पनि उपनियोग प्रमुख आरनले बताए ।
दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ ।
बेलायतमा आपतविपत खेपेका नेपालीको सहयोगार्थ यहाँ पहल पनि भएको छ ।
नेपाली दूतावास, एनआरएनए यूके, मर्जिङ नेपसक्स, बन्टोक नेपाली समाज लगायत सामाजिक तथा जातीय संघसंस्थाले प्रकोपका कारण समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५