नेपालमा रोकिएका बेलायती बोकेको अन्तिम चार्टर विमान लण्डन उत्रिंदै



बेलायतले तीन वटा ‘चार्टर’ उडानमार्फत नेपालमै अड्किएका आफ्ना ७ सय नागरिक स्वदेश फिर्ता गराएको छ ।
लण्डन । कोरोना महामारीका कारण लागू भएको ‘लकडाउन’पछि नेपालमै अड्किएका बेलायती नागरिकहरु बोकेको तेस्रो तथा अन्तिम ‘चार्टर’ विमान शुक्रबार लण्डनतर्फ उडेको छ ।
बेलायत सरकारले पठाएको ‘टाइटन एअर’को विमान दिउँसो साढे २ बजे दुबई हुँदै लण्डनका लागि उडेको हो । यसअघि उक्त विमान दिउँसो १ बजे रित्तै काठमाडौं पुगेको थियो । लण्डनको ‘स्ट्यानस्टेड एअरपोर्ट’मा यो उडान अवतरण हुनेछ ।
उक्त विमानमा २ सय बेलायतीसहित अरु केहि अन्य देशका नागरिक समेत रहेको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ । जसमा बिदामा नेपाल गएका नेपाली मूलका बेलायतीहरु समेत छन् ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले अहिलेसम्म नेपालमै अड्किएका कुल ७ सय बेलायती नागरिकलाई स्वदेश फिर्ता गराइएको बताइन् ।
यसअघि चैतको अन्तिम साता बेलायतले पठाएका दुई वटा चार्टर उडानमार्फत ५ सय बेलायती स्वदेश फर्किसकेका थिए ।
अझै पनि नेपालमा रोकिएका केहि बेलायतीहरु बाँकी रहेको अनुमान छ । तर, काठमाडौंस्थित बेलायती दूतावासले अहिलेसम्म थप उडानहरु व्यवस्था गर्नेबारे कुनै जानकारी गराएको छैन् ।
नेपालमा रोकिएका विदेशी नागरिकहरुलाई सम्बन्धित देशहरुले चार्टर विमानमार्फत स्वदेश फिर्ता लगेपनि विदेशमा रहेका नेपालीहरुको लागि भने नेपाल सरकारले यस्तो प्रबन्ध गर्न सकेको छैन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५