कोरोनाले लियो लण्डनकै अर्का पूर्व गोर्खा तामाङको ज्यान



मृतक हरिमान तामाङ ।
लण्डन । कोरोना संक्रमणबाट लण्डनमा फेरि अर्का भूतपूर्व गोर्खाले ज्यान गुमाएका छन् ।
लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा बस्दै आएका ८२ वर्षका हरिमान तामाङको बुधबार सांझ हिलिङडन अस्पतालमा निधन भएको उनका आफन्त समेत पर्ने गेसो उपाध्यक्ष धर्म तामाङले जानकारी दिए ।
धनकुटा हात्तिखर्क, माकलुंग घर भएका मृतक तामाङ र उनकी श्रमिती छोरी कला र ज्वाईं मणि तामाङसंगै लण्डन बस्दै आएका थिए । उनका एक छोरा अष्ट्रेलियामा छन् ।
स्वास्थ्यमा समस्या आएपछि ५ दिनअघि अस्पताल भर्ना भएका तामाङलाई कारोना ‘पोजिटिभ’ देखिएको थियो ।
मंगलबारसम्म अस्पतालले परिवारलाई फोन गरेर उनको स्वास्थ्यअवस्थामा सुधार हुंदै गइरहेको बताइरहेको र बुधबार बिहान एक्कासी अवस्था नाजुक बनेको खबर दिएको परिवारले बताएको छ ।बुधबार साँझ परिवारलाई उनको निधन भएको खबर दिइएको थियो ।
मृतकलाई अरु कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको बताइएको छ ।
तामाङ नेपालमा समाजसेवा तथा राजनीतिको क्षेत्रमा समेत क्रियाशिल अगुवा थिए । पञ्चायतकालमा हात्तिखर्क गाविसको उपप्रधान भएका उनी अर्को निर्वाचनमा प्रधानको पदमा ९ भोटले पराजित भएका थिए ।
स्थानीय भारती निम्न माध्यमिक विद्यालयमा पटकपटक सञ्चालक समिति अध्यक्ष समेत भएका थिए तामाङ । पछि विसं. २०४९/५० मा उनले राष्ट्रिय जनमुक्ति पार्टी, धनकुटाको कोषाध्यक्षको जिम्मवारी समेत समहालेका थिए ।
बेलायतमा अहिलेसम्म १ दर्जन बढि नेपालीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । जसमध्ये केहि बाहेक अधिकांश भूतपूर्व गोर्खा छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५