नेपाली लिंकलाई राजदूतसहित विभिन्न अभियन्ताले दिए शुभकामना


लन्डन । नेपाली नयां वर्ष २०७७ बाट औपचारिक यात्रा शुभारम्भ गरेको नेपाली लिंक डटकम न्यूज पोर्टलको सफलताका लागि राजदूतसहित विभिन्न एनआरएनए अभियन्ता र पत्रकार नेताले शुभकामना दिएका छन् ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्त, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगीमगरले बेग्लाबेग्लै भिडियो सन्देशमा वेवसाइटको सफलताको शुभकामना दिएका हुन् ।
उनीहरुले नेपाली लिंक व्यवसायिक पत्रकारितामार्फत समाजलाई सुसूचित गर्ने कार्यमा प्रतिवद्ध रहने अपेक्षा समेत व्यक्त गरेका छन् ।
बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीले तथ्यपरक र सही सूचना सम्प्रेषण गरि सबैमा सकारात्मक र रचनात्मक भावनाको विकास गर्न र नेपाली समुदायमा एकता, सहिष्णुता, समझदारी र सहकार्यको वातावरण सृजना गर्न नेपाली लिंक सफल हुने विश्वास व्यक्त गरेका छन् । दूतावास नेपाली लिंकको सञ्चार यात्रामा सहयोग गर्न सदैव सहर्ष तत्पर रहने प्रतिवद्धता समेत राजदूतको छ ।
त्यसैगरि, एनआरएनए अध्यक्ष पन्तले नेपाली लिंकले गैर आवासीय नेपाली संघको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्दै व्यवसायिक पत्रकारितामार्फत गैर आवासीय नेपालीका सन्देश प्रवाह गर्न सफल होस् भन्ने कामना गरेका छन् ।
‘चाहे यूके, नेपाल वा विश्वको जुन कुना होस्, अहिले यथार्थपरक र तथ्यपरक सूचनाको अत्यन्त खांचो छ, यो खांचो पुरा गर्न नेपाली लिंक सफल हुनेछ’, पत्रकार महासंघ बेलायत अध्यक्ष खपांगीमगरले आफ्नो सन्देशमा भनेका छन्, ‘नेपाली लिंक सत्य तथ्य सूचना प्रवाह गर्न सफल होस्, शाखा र मेरो व्यक्तिगत तर्फबाट शुभकामना छ ।’
एनआरएनए यूके अध्यक्ष गुरुङले नेपाली लिंकले संसारभर छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई मातृभूमि नेपाल र नेपालीबीच लिंकको रुपमा काम गर्ने आशा लिएको बताएकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५