बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो



हालसम्म बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय १२ पुगेको छ
लण्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
बेलायत सरकारको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले आइतबार जारी गरेको तथ्यांक अनुसार हालसम्म बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय १२ पुगेको छ । शनिबार साँझ ५ बजेसम्मको २४ घन्टाभित्र थप ७ सय ३७ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
यसअघि लगातार तीन दिनसम्म मृतकहरुको संख्या दैनिक ९ सय भन्दा बढिको संख्यामा थियो । विकेण्डमा मृत्युहरुको रिपोर्टिङमा ढिलाई हुने कारण पनि पछिल्लो तथ्यांकमा मृत्यु केहि कम देखिएको हो ।
हाल जारी गरिएका मृतकहरुको तथ्यांकमा अस्पतालको मात्र समावेस गरिएको छ । अन्य प्राइभेट रेसिडेन्स र केयर होममा मृत्यु हुनेहरुको संख्या जोड्दा मृतक संख्या निकै बढि हुनसक्ने ठानिएको छ ।
विगत केहि दिन यता कोरोनाका कारण दैनिक मृत्यु उच्च भइरहँदा बेलायतको अवस्था युरोपको भन्दा पनि भयावह हुन सक्ने खतरा विज्ञहरुले औंल्याएका छन् ।
नयाँ तथ्यांकअनुसार हालसम्म बेलायतमा ८४ हजार २ सय ७९ जना यस रोगबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार २ सय ८८ जना नया संक्रमित थपिएका हुन् ।
आइतबारसम्ममा विश्वभर कोरोना संक्रमणका कारण १ लाख १२ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १८ लाख भन्दा बढि संक्रमित छन् । जसमध्ये ४ लाख १५ हजार भन्दा बढि निको भइसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५