आइतबार, फागुन ११, २०८१
एनसेलले बुझायो २३ अर्ब


रासस
अप्रिल १२, २०२०

एनसेल’ले २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५ सय ४६ रुपिया ठूला करदाता कार्यालयमा बुझाएको छ ।
काठमाडौँ, ३० चैत- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ले २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५ सय ४६ रुपिया ठूला करदाता कार्यालयमा बुझाएको छ ।
उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार ‘एनसेल’का नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमा दाखिला भएको हो ।
ठूला करदाता कार्यालयका अनुसार आयकर ऐन, २०५८ बमोजिम उक्त रकम प्राप्त भएको तथा उक्त कम्पनीसम्बन्धी सम्पूर्ण प्रकरण अन्त्य भएको छ ।
यसअघि दुई किस्तामा क्रमशः कम्पनीले रु ४ अर्ब ५० करोड र रु ४ अर्ब ६० करोड दाखिला गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५