आइतबार, फागुन ११, २०८१
छोराले गरे बाबुको हत्या


रासस
अप्रिल १२, २०२०
भीमदत्तनगर, ३० चैत- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बाबुको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँसमा ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी विवादमा छोराले बुबाको हत्या गरेको प्रारम्भिक जानकारीमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ गएका छन् । बाबुको हत्या गर्ने छोरालाई इप्रका झलारीले नियन्त्रणमा लिइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५