बेलायतमा झण्डै १० हजारको मृत्यु



बेलायतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेहरुमध्ये केहि डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी समेत छन् ।
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै १० हजार पुगेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले शनिबार जारी गरेको तथ्यांकअनुसार शुक्रबार साँझ ५ बजेसम्ममा कुल ९ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ ।
तथ्यांकले पछिल्लो २४ घण्टाको अवधिमा मात्रै बेलायतमा थप ९ सय १७ जनाले ज्यान गुमाएको देखाएको छ । जसमध्ये एक ११ वर्षीय बालक समेत छन् ।
यसअघि विहिबार साँझसम्मको २४ घण्टामा बेलायतमा आजसम्मकै सबैभन्दा बढि ९ सय ८० मृत्यु रेकर्ड भएका थिए ।मृतकहरुको यो संख्या बेलायतका अस्पतालमा उपचारकै क्रममा मृत्यु हुने कोरोना संक्रमितहरुको मात्रै हो ।
बेलायतमा कोरोनाको संक्रमण भेटिएका मानिसहरुको संख्या पनि बढेर ७८ हजार ९ सय ९१ पुगेको छ । संक्रमित हुनेको संख्या पनि पछिल्लो एक दिनमै ५ हजार २ सय ३३ ले वृद्धि भएको छ ।
यसैबीच, सरकारले सबै बेलायतीहरुलाई घरभित्रै बसेर ‘ईस्टर’ पर्व मनाउन आव्हान गरेको छ । शनिबारको ‘डाउनिङ स्ट्रिट ब्रिफिङ’ मा गृहमन्त्री प्रिति पटेलले अझै पनि ‘पिपिई किट’ पाउन नसकेका स्वास्थ्यकर्मीहरुको विषयमा क्षमायाचना गरिन् ।
संसारले कहिल्यै नभोगेको महामारी भएका कारण व्यवस्थापनमा केहि समस्या रहेको उनले स्वीकार गरिन् । गृहमन्त्री पटेलले प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार भइरहेको बताएपनि उनी कहिलेसम्म काममा फर्किन्छन् भन्नेबारेमा भने अझै भन्न नसकिने जनाइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५