प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार जारी



बेलायती प्रधानमन्त्री बोरिस जोन्सन।
लण्डन । गत आइतबारदेखि लण्डनको एक अस्पतालमा उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार आइरहेको छ ।
प्रधानमन्त्रीको कार्यालय ‘१० डाउनिङ स्ट्रिट’ले विहिबार दिउँसो दिएको जानकारीअनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा ‘सुधार जारी’ छ । चौंथो दिनसम्म पनि ‘इन्टेन्सिभ केयर’मै राखिएका प्रधानमन्त्री जोन्सन ‘गुड स्पिरिट’ मै रहेको उनको कार्यालयले जनाएको छ ।
कोरोना भाइरसबाट संक्रमित प्रधानमन्त्रीको स्वास्थ्य जटिल बनेपछि आइतबार अस्पताल भर्ना गरिएको थियो । सोमबारदेखि ‘आइसियू’ मा सारिएका उनलाई अक्सिजनको सहयोग दिइएपनि भेन्टिलेटरमा राख्नुपरेको छैन । अन्य कुनै सहायताबिना आफै श्वास लिइरहेका प्रधानमन्त्रीले उपचारप्रति सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।
प्रधानमन्त्रीको कार्यालयले उनको स्वास्थ्यलाभको कामनासहित देश, विदेशबाट प्राप्त सबै शुभेच्छाहरुका लागि आभार प्रकट गरेको छ ।
यसअघि, गत मार्च २७ तारिखमा कोरोना भाइरसको संक्रमण पुष्टी भएका प्रधानमन्त्री जोन्सन ज्वरो, खोकी लगायतका लक्षणहरु कायम रहेपछि आइतबार लण्डनको सेन्ट थोमस अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप कमजोर बनेपछि सोमबारदेखि उनलाई ‘आइसियू’मा राखिएको छ ।
कोरोना संक्रमण पुष्टी भएर आइसोलेसनमै बस्दा पनि नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री जोन्सनले अहिले भने आफ्नो जिम्मेवारी परराष्ट्रमन्त्री डोमिनिक रबलाई दिएका छन् ।
यो पनि पढौं : राष्ट्रपति र प्रधानमन्त्रीले पठाए बेलायती प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको शुभेच्छा
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५