लकडाउन उल्लङ्घन गर्ने २ हजार ६ सय कारवाहीमा


काठमाडौँ, २६ चैत- काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६ सय ५९ महिलासहित दुई हजार ६ सय ८५ जनालाई कारवाही गरिएको छ । सोही क्रममा २ सय ९७ दुई पाङ्ग्रे र २४ चार पाङ्ग्रे गरी ३ सय २१ सवारी साधन पनि नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । काठमाडौबाट सबैभन्दा बढी २ हजार १ सय ५७ जनालाई नियन्त्रणमा लिइएको थियो ।
यसैगरी ललितपुरबाट ४ सय ८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको थियो । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गतेदेखि लागू हुनेगरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो ।
उक्त आदेश उल्लङ्घन गर्नेलाई तीन घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाका लागि भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५