स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्न: स्वास्थ्यमन्त्री



स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल
काठमाडौँ, २६ चैत (रासस)- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहोर्याएका छन् ।
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को बुधबार संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताएका हुन् ।
आवश्यक स्वास्थ्य सामग्री अस्पतालमा पुगेको जनाउँदै उनले कतिपय सामग्री निरन्तर नमूना परीक्षणको काम दोब्बर बनाउन आजै हेलिकोप्टरमार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए ।
मागपत्र बुझाउन बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना स्वास्थ्य मन्त्रालय पुगेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५