आइतबार, फागुन ११, २०८१
दक्षिण–पूर्वी एशियाली राष्ट्र कोभिड नियन्त्रण गर्न एकजुट


रासस
अप्रिल २, २०२०

त्रिसाठीऔँ सहकारी दिवसका अवसरमा बिहीबार मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा कोरोना (कोभिड-१९) को नियन्त्रण सहकारी केन्द्र’को शुभारम्भ कार्यक्रममा वार्डको निरीक्षण गर्दै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पदमाकुमारी अर्याल । तस्वीर- रासस
काठमाडौं । विश्वभरि फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्बन्धमा आज विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एशियाली राष्ट्रको सङ्गठन (सेरो) का सदस्य राष्ट्रबीच छलफल भएको छ । सबै देशले आ–आफ्नो मुलुकबाट स्वास्थ्यमन्त्रीले आज भिडियो कन्फरेन्सका माध्यमबाट कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो ।
नेपालका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल उक्त भिडियो कन्फरेन्समा सहभागी हुनुभएको थियो । सो अवसरमा उहाँले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार लागिपरेको जानकारी गराउनुभएको मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सबैको साझा समस्या भएकाले दक्षिण–पूर्वी मुलुकले पनि संयुक्तरुपमा महामारीविरुद्ध लड्नुपर्नेमा मन्त्री ढकालले जोड दिनुभएको थियो । मन्त्री ढकालले नेपाल सबै हिसाबले नियन्त्रणको तयारीमा लागेको उल्लेख गर्दै अहिलेसम्म सफलता हासिल गरिरहेको बताउनुभयो ।
सबै देशका स्वास्थ्यमन्त्रीले सेरो सदस्य राष्ट्रले महामारीविरुद्ध सञ्चालन गरेको अभियानमा सँगसँगै जानुपर्नेसमेत बताएको मन्त्रालयका विज्ञ सल्लाहकार डा कार्कीले जानकारी दिनुभयो । उहाँहरुबीच कोभिड–१९ नियन्त्रण गर्न अहिलेसम्म खेलेको भूमिकाको अनुभव आदानप्रदान गर्नुका साथै औषधिजन्य सामग्रीका बारेमा छलफल भएको थियो । उहाँहरुबीच आज दिउँसो करिब दुई घण्टा कोभिड–१९ को रोकथाम र नियन्त्रणबारे छलफल भएको थियो ।
नेपाल, भारत, भूटान, बङ्गलादेश, म्यान्मा, उत्तर कोरिया, टिमोर लिस्टे, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानलगायतका मुलुक सेरोमा सहभागी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५