बेलायतमा ज्यान गुमाउनेको संख्या आकासिंदै, २४ घण्टामा ५ सय ६९ को मृत्यु



बेलायतमा पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जनाले ज्यान गुमाएका छन् ।
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जनाले ज्यान गुमाएका छन् ।
विहिबार जारी नयाँ तथ्यांकपछि बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या २ हजार ९ सय २१ पुगेको छ ।
कोरोनाको संक्रमण सुरु भएदेखि नै २४ घण्टाको अवधिमा यति धेरै जनाको ज्यान गएको यो पहिलोपटक हो । त्यस्तै, बेलायतमा कोरोना भाइरस संक्रमितहरुको संख्या पनि बढेर ३३ हजार ७ सय १८ पुगेको छ ।
उता, कोरोनाको संक्रमण रोक्ने प्रयासमा बेलायत सरकारले जारी गरेको ‘लकडाउन’ पनि अझै केहि सातासम्म हट्ने संकेत छैन ।
बेलायत सरकारका एक वरिष्ठ स्वास्थ्य सल्लाहकार पल कसफोर्डले भाइरस संक्रमण अझै केहि साता बढ्दै जाने देखिएका कारण लकडाउन अन्त्य हुने समय नजिक नरहेको बताएका छन् । अबको दुईदेखि तीन सातासम्म पनि संक्रमण फैलिंदे जाने सम्भावना उनले औंल्याए ।
कोरोनाविरुद्ध फ्रन्टलाइनमै कार्यरत स्वास्थ्यकर्मी समेतको परिक्षण गर्न असमर्थ भएपछि बेलायत सरकारको पनि अहिले कडा आलोचना भइरहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५